सर्लाही – काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित क्रिष्टल बार एण्ड क्लब र कञ्चनपुरका सुवास सिंह ठकुरी सञ्चालित गोल्डेन बार एण्ड क्लबमा काम गर्ने २३ जना कामदारलाई ‘केटी मिलाइदिने’ भन्दै सर्वसाधारणलाई बारमा तान्ने र ठगी गर्ने गरेको आरोपमा प्रहरीले दुई वटै डान्स बारका २३ जना कामदारलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार ती बारका कामदारहरूले सडकमा हिँडिरहेका व्यक्तिहरूलाई विभिन्न सेवा सुविधा र युवती मिलाइदिने आश्वासन देखाएर बार भित्र लगाउने र त्यसपछि बिल असुली तथा दुर्व्यवहार गर्ने गरेको सूचना प्राप्त भएको थियो। पक्राउ परेकाहरूलाई प्रहरीले पाँच दिनको अनुसन्धान म्याद थप गरी थप विवरण संकलन गरिरहेको छ।

पक्राउ पर्नेहरुमा क्रिष्टल बार एण्ड क्लबबाट बर्दियाकि २४ बर्षिया सिता कुमारी थापा, सिन्धुलीकि २२ बर्षिया सलिना आले मगर, धनकुटाकि २२ बर्षिया रोशिका भट्टराई, सिन्धुलीकि १८ बर्षिया लक्ष्मी राई, उदयपुरकि २ बर्षिया स्मृती लिम्बु, धादिङकि १८ बर्षिया शुसिला मगर, नुवाकोटका २० बर्षीय सामराज तामाङ, कन्चनपुरका २४ बर्षिय बिनोद रतौली, बाजुराका २० बर्षीय समिर खड्का, बाग्लुङका २२ बर्षिय दिल कुमार रसाईली र काभ्रेपलान्चोकका १९ बर्षिय विराज तामाङ रहेका छन्।
गोल्डेन बार एण्ड क्लबबाट पक्राउ परेकाहरूमा सर्लाहीकि १९ बर्षिय सशिकला, गोरखाकि २४ बर्षिय अनिशा थापा, सिन्धुलीकि २४ बर्षिय अन्जना मुक्तान, धादिङकि १८ बर्षिय सबिना मगर, उदयपुरकि २१ बर्षिया सुक्रिन्ता मगर, नुवाकोटकि २१ बर्षिया करूणा थापा, नुवाकोटका ३३ बर्षीय सुन्दर तामाङ, काभ्रेपलान्चोकका ३५ बर्षिय राज कुमार तामाङ, नुवाकोटका २४ बर्षिय राजेन्द्र तामाङ, काभ्रेपलान्चोकका ३१ बर्षिय देबराज तामाङ, काभ्रेपलान्चोकका २६ बर्षिय अनिल तामाङ र नुवाकोटका १८ बर्षिय अदित्य लामा रहेका छन्।
प्रहरीले पक्राउ परेकाहरू डान्स बारमा काम गर्ने बताएका छन् र उनीहरूविरुद्ध थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।





