सप्तरीका एक युवकको मलेसियामा मृत्यु

२०८२ भाद्र ९, सोमबार १५:४४
मृतक दिपक कुमार राम

सर्लाही – सप्तरीका एक युवकको मलेसियामा मृत्यु भएको छ। जिल्लाको रुपनी गाउँपालिका – २, हरिरावाका ३२ वर्षीय दिपक कुमार रामको शुक्रबार मलेसियामा मृत्यु भएको हो ।

मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। उनि विगत एक दशकभन्दा बढी समयदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा कार्यरत थिए। उनि त्यहाँको प्लास्टिक फ्याक्ट्रीमा कार्यरत थिए।

स्थानियका अनुसार मृतक रामको श्रीमति, एक छोरी र एक छोरा छन्। मृतकका आफन्तले शव छिटोभन्दा छिटो सम्बन्धित निकायमार्फत नेपाल ल्याइदिन र घटनाबारे स्पष्ट जानकारी दिन सरकारसँग आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार