सर्लाही – चार दिने मलेसिया भ्रमण पूरा गरी मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह मंगलबार साँझ स्वदेश फर्किएका छन्।
भदौ ६ गते मलेसिया प्रस्थान गरेका मुख्यमन्त्री सिंहले भ्रमणका क्रममा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गरेका थिए। त्यस्तै, उनले व्यक्तिगत कार्यक्रमहरूमा समेत सहभागिता जनाएका थिए।

मुख्यमन्त्री सिंहको स्वदेश फिर्तीसँगै उनको भ्रमणबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन।





