मलंगवा – सर्लाहीको मलंगवा वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा आज दिन भर बत्ती काटिने भएको छ । वितरण केन्द्रका अनुसार खुटौना, सिमरा, फेन्हरा, घोरदौरीलगायत क्षेत्रमा एचटी र एलटी लाइन मर्मतका कामका लागि बिहान ९ बजेदेखि विद्युत आपूर्ति बन्द गरिनेछ ।
दिनभरको तातो मौसममा बत्ती नआउने भएपछि स्थानीयले समस्या भोग्नु परेको छ । उनीहरूका अनुसार मर्मत कार्यको नाममा पटक पटक लामो समयसम्म बत्ती काट्ने समस्या बारम्बार दोहोरिएको छ । वितरण केन्द्रले भने आजको अवरोध मर्मत कार्य आवश्यक भएकै कारण गरिएको बताएको छ ।






