सर्लाहीमा करेन्ट लागेर घाइते भएका वृद्धको उपचारका क्रममा मृत्यु

२०८२ भाद्र १७, मंगलवार १६:४९

सर्लाही – सर्लाहीमा करेन्ट लागेर घाइते भएका वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको बागमती नगरपालिका–१, मिलनचोक गुम्बा टोलका ६८ वर्षीय छल बहादुर राना मगरको उपचारका क्रममा मृत्यु भएको हो।

भदौ ११ गते बिहान घर नजिकै सामुदायिक भवनमा तीजको अवसरमा जडान गरिएको माइक निकाल्ने क्रममा हाइटेन्सन लाइन छोएर गम्भीर घाइते भएका उनलाई प्रारम्भिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइएको थियो।

एक सातादेखि उपचाररत रहेपनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ। पूर्व सैनिक तथा रंगकर्मीसमेत रहेका मगरको पार्थिव शरीर बागमती नदी किनारमै अन्त्येष्टि गरिएको हो।

अन्त्येष्टि अघि नेपाली सेनाले सलामी अर्पण गरेको र नेपाल मगर संघका पूर्व अध्यक्ष तेजनारायण आले मगरका अनुसार स्थानीय स्तरमा समेत श्रद्धाञ्जली अर्पण गरिएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार