धनकौलमा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति ३ दिने तालिम सुरु

२०८२ भाद्र १८, बुधबार १०:२६

धनकौल – सर्लाहीको धनकौलमा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति ३ दिने तालिम सुरु भएको छ। ‘स्वावलम्बी बनौं’ नारासहित ग्लोबल वास प्रोजेक्ट अन्तर्गत सञ्चालन गरिएको तालिम धनकौल गाउँपालिका १ स्थित होटेल रोयलमा आजबाट सुरु भएको हो।

तालिममा खानेपानी तथा सरसफाइ सम्बन्धी व्यवस्थापन, सचेतना र उपभोक्ता समितिको भूमिका प्रभावकारी बनाउन आवश्यक सीप र ज्ञान दिने तालिमका आयोजकले जनाएका छन् ।

यो तालिम ग्रामीण स्वावलम्बन विकास केन्द्र (RSDC) ले आयोजना गरेको हो । कार्यक्रममा जर्मन सहयोग, माल्टेसर इन्टरनेशनल र एक्शन डचल्याण्ड हिल्फ्टको सहकार्य छ भने सरकारी निकायसँग समन्वय गरिएको छ ।

आयोजकका अनुसार तालिमपछि गाउँस्तरमा खानेपानी तथा सरसफाइसम्बन्धी सेवाको दिगोपनामा थप प्रभावकारी योगदान पुग्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार