विदेश पठाउँछु भनेर ठगेको आरोपमा रौतहटकि एक युवतीसहित दुई जना पक्राउ

२०८२ भाद्र १८, बुधबार १८:०६

सर्लाही – विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले रौतहटकि एक युवतीसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका–१० घर भएका ३५ वर्षीय सरोज सुवाल र रौतहटको चन्द्रपुर नगरपालिका–२ घर भएकी २७ वर्षीया सिर्जना कार्की छिन् । प्रहरीका अनुसार उनीहरूले सर्विया र रोमानिया पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ गरिएको हो।

सुवालले ३ लाख र कार्कीले ४ लाख रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरूलाई कानुनी कारबाहीको लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार