मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

२०८२ भाद्र १९, बिहीबार १५:३६
सांकेतिक तस्बिर

सर्लाही – मधेश प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिने भएको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले बिहीबार जारी गरेको सूचनामार्फत प्रदेशभर सार्वजनिक बिदा हुने जानकारी गराइएको हो।

मन्त्रालयले सार्वजनिक गरेको सूचनामा मोहम्मद जयन्तीको अवसरमा शुक्रबार प्रदेशका सम्पूर्ण कार्यालय तथा निकाय बन्द रहने उल्लेख छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार