जनमत अध्यक्षको निर्देशनपछि मुख्यमन्त्री सिंहको राजीनामा

२०८२ भाद्र २४, मंगलवार १३:४३
पूर्व मुख्यमन्त्री सतिश कुमार सिहं

सर्लाही – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको निर्देशनपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार सिंहले पदबाट राजीनामा दिएका छन्।

मंगलबार दिउँसो पदत्यागको घोषणा गर्दै सिंहले पार्टी नेतृत्वको सुझावअनुसार आफूले जिम्मेवारी छाडेको बताएका छन्। उनले भने, ‘जनताले विश्वास गरेर यहाँसम्म पुर्‍याएका हुन्, जनताभन्दा ठूलो कोही हुँदैन। जेन–जेड आन्दोलनमा भएको क्षति र जनआक्रोशलाई बेवास्ता गर्न सकिँदैन।’

यसैबीच, जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले संघीय सरकारलाई दिइएको समर्थन पनि पार्टीले फिर्ता लिएको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार