प्रतिनिधिसभा सदस्य पदबाट सीके राउतको राजीनामा

२०८२ भाद्र २४, मंगलवार १७:४४
file image

सर्लाही – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा सदस्य पद त्याग गरेका छन्। उनले मंगलबार प्रतिनिधिसभाका अध्यक्ष देवराज घिमिरेलाई इमेलमार्फत् राजीनामा बुझाएका हुन्।

राउतको सचिवालयका अनुसार उनी हाल काठमाडौंबाहिर रहेका कारण पत्र इमेलमार्फत् पठाइएको हो। राजीनामा पत्रमा उनले देशको वर्तमान आन्दोलन र राजनीतिक परिस्थिति ‘नौलो गणतन्त्र’मार्फत मात्र सम्बोधन गर्न सकिने भन्दै पद छाडेको उल्लेख गरेका छन्।

राउतले पत्रमा थप लेखेका छन्, “मन्त्री वा उपप्रधानमन्त्री बन्ने अवसर पटक–पटक आए पनि पदको लोभ नगरि सदैव जनताको पक्षमा उभिएको छु। आगामी दिनमा पनि जनतासँगै रहनेछु।” उनले आफूमाथि विश्वास गर्ने र साथ दिने सम्पूर्ण जनतालाई धन्यवाद पनि दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार