उपेन्द्र यादवले पनि दिए सुशीला कार्कीलाई समर्थन

२०८२ भाद्र २७, शुक्रबार १२:४२
file image

सर्लाही – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन र पुनर्लेखनको पक्षधरता जनाउँदै संसद र संविधानलाई कायम राख्नुपर्ने बताएका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै यादवले लेखेका छन्, “संविधान संशोधन र पुनर्लेखन गरी परिमार्जन गर्न संविधान र संसदलाई कायमै राख्नुपर्छ। संसद विघटन र संविधान खारेजी मुलुकको हितमा हुन सक्दैन।”

यादवले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा सिफारिस गर्ने निर्णयलाई पनि सकारात्मक भनेका छन्। “अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई अघि सार्ने निर्णय अत्यन्तै सकारात्मक छ,” यादवको भनाइ छ।

राष्ट्रपतिको निवास शीतलनिवासमा बिहीबार रातभर जेन–जीसहितका नेताबीच भएको छलफलमा कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति प्रारम्भिक रूपमा बने पनि अन्तिम निष्कर्ष भने अझै आइसकेको छैन।

आज पनि वार्ता जारी छ। यसअघि आजै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि कार्कीको नामलाई समर्थन जनाइसकेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार