प्रधानमन्त्री कार्कीलाई संयुक्त राष्ट्रसंघको बधाई

२०८२ भाद्र २८, शनिबार ०८:३६

सर्लाही – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई संयुक्त राष्ट्रसंघले आधिकारिक शुभकामना व्यक्त गरेको छ।

नेपालस्थित राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हाम्डीले एक वक्तव्य जारी गर्दै शान्ति, न्याय, पारदर्शिता र जवाफदेहीको यात्रामा नेपाली जनतासँगै उभिने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री कार्कीलाई बधाई दिएकी हुन्।

उनले नेपालको प्रगतिशील आकांक्षा पूरा गर्न संयुक्त राष्ट्रसंघ सदैव सरकारसँग सहकार्य गर्ने उल्लेख गर्दै मानव अधिकार, दिगो विकास र राजनीतिक स्थिरतामा निरन्तर समर्थन रहने आश्वासन दिइन्।

सो अवसरमा राष्ट्रसंघले हालैको संवेदनशील अवस्थालाई पार गर्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल तथा जेन-जी युवाहरूद्वारा खेलिएको सक्रिय भूमिकाको प्रशंसासमेत गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार