जितिया नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

२०८२ भाद्र २८, शनिबार १७:१०
file image

सर्लाही – रौतहटमा जितिया नुहाउन गएकी बालिकाको डुबेर मृत्यु भएको छ। लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको हो।

आज बिहान जितिया पर्वको (नहायखाय) पर्वका लागि आमासँगै लाल बकैया नदीको सबगढामा नुहाउन गएकी जिल्लाको गौर – ६ बस्ने बैजु साहकी १० वर्षीया छोरी करिश्माको डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार खोलामा नुहाउने क्रममा बिहान करिब १० बजे डुबेर बेपत्ता भएकी बालिकाको शव दिउँसो करिब १ बजे भेटिएको थियो। नुहाउने क्रममा बालिका डुबी बेपत्ता भएको खबर पाउना साथ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीको टोली खोजीका लागि गएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार