सेनाको निगरानीमा रहेका पूर्वमन्त्रीहरू घर फर्किए

२०८२ भाद्र २८, शनिबार १९:०४

सर्लाही – जेन-जी आन्दोलनको चर्को परिस्थितिमा नेपाली सेनाले सुरक्षा कारण देखाउँदै नियन्त्रणमा राखेका तत्कालीन मन्त्रीहरू अन्ततः आज घर फर्किएका छन्।

उक्त आन्दोलनका दिनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री र दलका प्रमुख व्यक्तिहरूलाई सेनाले विभिन्न गणमा निगरानीमा राखेको थियो। तीमध्ये भैरवनाथ गणमा रहेका मन्त्रीहरूलाई शनिबार सेनाले मुक्त गर्दै घर पठाएको हो।

निगरानी अवधिभर उनीहरूलाई फोन प्रयोग गर्नेसम्म अनुमति नदिइएको बताइएको छ। सेनाले त्यसलाई सुरक्षा व्यवस्था मजबुत बनाउन आवश्यक कदमका रूपमा व्याख्या गरेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार