सप्तरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का एक जना घाईते

२०८२ भाद्र ३०, सोमबार १०:१९
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। आइतबार साँझ पूर्व–पश्चिम राजमार्गमा कुशहादेखि कदमाहा तर्फ जाँदै गरेको मधेश प्रदेश–०१–००५–प ५५११ नम्बरको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा सुरुङ्गा–९ परमानपुरका ३० वर्षीय अनिल कुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो। गम्भीर घाइते चौधरीलाई उपचारका लागि जिनिस अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकलमा पछाडि सवार सुरुङ्गा–७ चकदह टोलका १८ वर्षीय राधेश्याम चौधरी घाइते भएका छन्। उनको जिनिस अस्पतालमै उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ भने मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहानमा पठाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार