सर्लाही – वेस्ट इन्डिजसँगको आगामी सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। कप्तानीको जिम्मेवारी पुनः रोहित कुमार पौडेलकै काँधमा पर्नुका साथै टोलीमा केही नयाँ चौंकाउने फिर्तीसमेत देखिएका छन्।
लामो समयपछि पावर हिटरका रुपमा चर्चित आदिल आलमले टिममा पुनः स्थान बनाउन सफल भएका छन्। यस्तै, केही समयदेखि राष्ट्रिय टोलीबाट टाढा रहेका सुन्दीप जोरालाई पनि यसपटक अवसर दिइएको छ।

टोलीमा कप्तान पौडेलसँगै उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन्। नियमित सदस्यहरू आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, सन्दीप लामिछाने, ललित राजवंशी, सोमपाल कामी र करण केसी पनि टोलीमा परेका छन्।
त्यस्तै, कुशल मल्ल, आरिफ शेख, गुलशन झा, नन्दन यादव, सुन्दीप जोरा र साहब आलमले पनि टोलीमा स्थान पाएका छन्। यस पटकको टोली घोषणा युवा र अनुभवी खेलाडीको मिश्रण रहेको छ, जसले वेस्ट इन्डिजविरुद्धको सिरिजमा सशक्त प्रदर्शन गर्ने अपेक्षा राखिएको छ।






