सर्लाही – जनकपुरधाममा जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुटपाटमा संलग्न दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ २४ गते बेलुकी मधेस प्रदेश लोक सेवा आयोगको भवनभित्र प्रवेश गरेका आन्दोलनकारीले तोडफोड तथा आगजनी गर्नुका साथै प्रहरीको सुरक्षामा प्रयोग भइरहेको एसएलआर राइफल एक थान र ५० राउन्ड गोली समेत खोसेर लगेका थिए।

घटनापछि सीसीटीभी फुटेजका आधारमा सोमबार बिहान करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका – ९ का ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकासँगै लुटिएको राइफल समेत बरामद गरिएको बताइएको छ।





