सर्लाही – सरकारकाे मन्त्रिपरिषद् बैठकले आगामी असोज १ गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ । सो दिन सार्वजनिक बिदा समेत घोषणा गरिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको सोमबारको मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुको सम्झनामा शोक दिवस मनाउने निर्णय गरेको हो।

गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालका अनुसार उक्त बैठकले आन्दोलनको क्रममा भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक सहमति पनि गरेको छ।





