जलेश्वरमा कारागारबाट भागेका कैदीबन्दीहरुले चोरे कारागारकै सिसिटिभी क्यामेरा

२०८२ आश्विन १, बुधबार १६:०५

सर्लाही – महोत्तरीको जलेश्वर कारागारबाट भदौ २५ गते फरार भएका कैदीबन्दीहरुले भाग्ने क्रममा कारागारमा जडान गरिएका सातवटा सिसिटिभी क्यामेरा समेत चोरेको खुलेको छ।

कारागार प्रशासक अशोक कुमार क्षेत्रीका अनुसार कैदीहरुले तीन वटा गेट तोड्दै बाहिरिने क्रममा निगरानीका लागि राखिएका क्यामेरा चोरेका हुन्। यसबीच भागेकामध्ये १७३ जना कैदी पुनः कारागारमा फर्किइसकेका छन् भने बाँकी कैदीहरूसँग सम्पर्क भइसकेको सूचना अधिकारी रविनचन्द्र ठाकुरले बताए।

उनका अनुसार सम्पर्कमा आएका कैदीबन्दी क्रमशः कारागारमा फर्किने अपेक्षा गरिएको छ। तर फरारमध्ये पूर्वप्रदेश सभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका नेता कौशलकुमार यादव भने अझै सम्पर्कविहीन छन्।

थमन विक हत्या प्रकरणमा जेल सजाय काटिरहेका यादव हालसम्म फेला नपरेको कारागार प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार