महेश बस्नेतको भ्रामक पोस्ट: बालेनको घर तोडफोडको दाबी गरिएको भिडियो सर्लाहीको

२०८२ आश्विन २, बिहीबार १०:१९

सर्लाही – एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सामाजिक सञ्जालमा काठमाडौँ महानगरका मेयर बालेन शाहको घर तोडफोड भएको भन्दै एउटा भिडियो पोस्ट गरेका छन्। तर तथ्य जाँच गर्दा भिडियो मेयर शाहको घरको नभई सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साह तेलीको रहेको खुलेको छ।

भिडियोमा अध्यक्ष तेलीलाई लक्षित गर्दै गाली गलौज गरिएको सुनिन्छ। तर बस्नेतले त्यसलाई बालेन शाहको घर तोडफोड भएको भन्दै पोष्ट गरेका छन्। उनले सार्वजनिक गरेको भिडियो नै बालेन शाहको घरसँग सम्बन्धित नभएको प्रमाणित भएपछि बस्नेतमाथि भ्रम फैलाएको आरोप लागेको छ।

यस्तो असत्य प्रचारले समाजमा तनाव र अविश्वास बढाउने खतरा रहन्छ। हुन् त एमाले नेता बस्नेत पछिल्लो समय हिंसा भड्काउने अभिव्यक्ति दिँदै आईरहेका छन्। उनले यसघि पनि बिभिन्न पोस्ट गरेका फेसबुक स्टाटस आक्रामक र अराजक देखिएका छन् ।

यता, महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर २ स्थित बालेनको पुर्ख्यौली घरमा त्यस्तो कुनै किसिमको तोडफोड भएको छैन। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार हालसम्म त्यस्तो कुनै सूचना नआएको पाईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार