सर्लाही – दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौँ तह) टंक बहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
सडक स्तरोन्नती तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग कार्कीले एक लाख रुपैयाँ घुस माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

कार्की सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा जिल्ला सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट मिति २०८२ असोज २ गते पक्राउ परेका आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।





