बागमती नदी किनारमा अपरिचित पुरुषको शव फेला

२०८२ आश्विन ३, शुक्रबार १४:४२
file image

सर्लाही – रौतहटको राजदेवी नगरपालिका – ४ गडहिया घाट नजिकै बागमती नदीको किनारमा एक पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार बिहान करिब ४० देखि ४२ वर्ष उमेरका पुरुष उत्तानो अवस्थामा मृत भेटिएका हुन्। स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी ब्रहमरपुरीबाट असईको नेतृत्वमा पुगेको टोली घटनास्थलमा पुगेको थियो।

मृतकको परिचय अहिलेसम्म खुली सकेको छैन। प्रारम्भिक अनुसन्धान सुरु भइसकेको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार