मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय मुक्ति पार्टी नेपालले आज संबिधान दिवस (असोज ३ ) लाई कालो दिनका रूपमा मनाएको छ। कार्यक्रम पार्टीका अध्यक्ष राजेन्द्र महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
पार्टीका सर्लाही जिल्ला कार्य समितिको आयोजनामा भएको उक्त कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष राम नरेश राय, सचिव हुसेन खान, केन्द्रीय सदस्यहरू गौरी नारायण साह, जिल्ला अध्यक्ष गणेश यादव, जिल्ला इन्चार्ज विनोद साहलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले असोज ३ लाई लोकतान्त्रिक अधिकारमाथि भएको हस्तक्षेपको दिनका रूपमा स्मरण गर्दै त्यसलाई कालो दिनका रूपमा इतिहासमा राख्नुपर्ने बताएका थिए। साथै जनताको अधिकार, समानता र न्यायका लागि पार्टी निरन्तर संघर्षरत रहने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।





