संविधान गलत छ, खारेज गरेर जेन-जीका माग पूरा गर्नुपर्छ – प्रभु साह

२०८२ आश्विन ४, शनिबार १६:१५
आजपाका अध्यक्ष प्रभु साह

सर्लाही – आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपालको संविधान र विद्यमान राजनीतिक व्यवस्था नै मुलुकको समस्याको मूल कारण भएको दाबी गरेका छन्। उनले संविधान खारेज गरेर मात्र जेन–जी आन्दोलनका मागहरू पूरा गर्न सकिने स्पष्ट बताएका छन्।

पार्टीको काठमाडौंमा जारी बैठकलाई सम्बोधन गर्दै साहले भने, “संविधान र व्यवस्था नै गलत थियो। यही संरचना कायम राखेर जेन–जीका माग सम्बोधन गर्न सकिँदैन। आवश्यक परे संविधान खारेज गरेर भए पनि ती मागहरू पूरा गर्नुपर्छ।”

उनका अनुसार यही संविधान र व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता र लुटपाट संस्थागत भएको छ। उनले थपे, “यिनै कारणले जेन–जी सडकमा उत्रिन बाध्य भएका हुन्। भ्रष्टाचार अन्त्य गर्न दलाल दलतन्त्र होइन, आम जनताको शासन आवश्यक छ।”

साहले आफूहरूले दुई वर्षअघि नै तेस्रो जनआन्दोलनको घोषणा गरिसकेको स्मरण गर्दै भने, “आज जेन–जीहरूले चलाइरहेको जनविद्रोह त्यही आन्दोलनको जगमा निर्मित हो।”

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार