हमासद्वारा विपिन जोशीसहित ४८ बन्धकको ‘विदाई तस्वीर’ सार्वजनिक

२०८२ आश्विन ४, शनिबार २१:१०

सर्लाही – प्यालेस्टिनी सशस्त्र समूह हमासले नेपाली नागरिक विपिन जोशीसहित ४८ जना बन्धकको भनिने ‘विदाई तस्वीर’ सार्वजनिक गरेको छ।

शनिबार अलजजिरा अनलाइनले उद्धृत गरेको जानकारीअनुसार, हमासअन्तर्गतको कसाम ब्रिगेड्सले ती तस्वीर सार्वजनिक गरे पनि बन्धकहरुको वास्तविक अवस्था वा स्थानबारे केही खुलाइएको छैन।

प्रत्येक बन्धकलाई १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका कप्तान रोन अराडको नामले चिनाइएको बताइन्छ। इजरायलले गाजामा सैन्य अभियानलाई झनै तीव्र पारेको बेला हमासले यस्तो कदम चालेको हो।

हमासले इजरायली आक्रमणका कारण बन्धकहरूको जीवन संकटमा रहेको दाबी गर्दै ‘विदाई तस्वीर’ सार्वजनिक गरेको बताइएको छ। नेपाली विद्यार्थी विपिन जोशीसहित ४८ जना २०२३ अक्टोबर ७ देखि हमासको नियन्त्रणमा रहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार