सर्लाही – बलरा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको छ।
आज (आईतबार) कार्यलयमा हाँजिर भएका नेपाल सरकारका उपसचिव धर्मानन्द जोशीलाई नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले स्वागत गरेका हुन्। नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाका अनुसार जोशीलाई स्वागत गर्दै नगरवासीको तर्फबाट शुभकामना व्यक्त गरेका छन्।

कुशवाहाले जोशीको अनुभव, दक्षता र सेवाभावले नगरलाई सुशासन, पारदर्शिता, विकास र जनसेवाको मार्गमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्। नगर प्रमुख कुशवाहाले जोशीको नेतृत्वमा बलरा नगरपालिका अझ प्रगतिशील, समावेशी र समृद्ध बन्नेमा नगरवासी आशावादी रहेको पनि बताएका छन्।





