सर्लाही – सर्लाहीमा शंकास्पद व्यक्तिलाई नागरिकता प्रदान गर्न सिफारिस गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सीमावर्ती क्षेत्रमा पर्ने जिल्लाको पर्सा गाउँपालिका – ४ का वडाध्यक्ष सुवोध राय यादव रहेका छन्। प्रहरीका अनुसार यादवलाई शंकास्पद व्यक्तिलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आशंकामा पक्राउ गरिएको हो। सर्लाही

प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले पक्राउपछि उनलाई जिल्ला अदालतमा पेश गरी म्याद थप भएको र थप अनुसन्धान अघि बढाइएको जानकारी दिए। प्रहरीले यस सम्बन्धमा विस्तृत विवरण भने अझै सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ।





