सर्लाही – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक परिवर्तन गरिएको छ।
मन्त्रिपरिषद्को ताजा निर्णय अनुसार हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरुवा गरी जल तथा ऊर्जा आयोगमा पठाइएको छ। उनको स्थानमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई जिम्मेवारी दिइने निर्णय भएको हो।

उर्जामन्त्री कुलमान घिसिङले गरेको प्रस्ताव मन्त्रिपरिषद्ले अनुमोदन गर्दै शाक्यलाई आयोगतर्फ सरुवा गरी सिलवाललाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।





