सर्लाहीमा ट्रक र पिकअप ठोक्किँदा दुई जना घाइते

२०८२ आश्विन ६, सोमबार ०९:०४

मलंगवा – सर्लाहीमा ट्रक र पिकअप ठोक्किँदा दुई जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुल नजिक आज बिहान ट्रक र पिकअप ठोक्किँदा दुई जना चालक घाइते भएका हुन्।

लालबन्दी नगरपालिका – १७, रानिगञ्जमा प्रदेश ३–०३–००१ ख ००६७ नम्बरको ट्रक र प्रदेश २–०१–००१ च ३८८ नम्बरको पिकअप आपसमा ठोक्किएर सडकबाट तल खसेको प्रहरीले जानकारी दिएको छ।

बिहान करिब साढे ४ बजे भएको उक्त दुर्घटनामा ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका –४ का ३७ वर्षीय राजेन्द्र लामा र पिकअप चालक सिरहा कर्जन्हा नगरपालिका – ४ का ३२ वर्षीय दुर्गा विक घाइते भएका छन्।

लालबन्दी प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीका अनुसार दुवैलाई स्थानीय मोडेल अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालक लामालाई गम्भीर चोट लागेको छ भने पिकअप चालक विकको अवस्था सामान्य रहेको उनले बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार