मन्त्री सूचीबाट डा. संगीता मिश्राको नाम हटाइएपछि अमरेश सिंह आक्रोशित

२०८२ आश्विन ६, सोमबार ११:५८
file image

सर्लाही – स्वतन्त्र नेता अमरेशकुमार सिंह डा. संगीता मिश्राको नाम मन्त्रीको सूचीबाट हटाइएपछि आक्रोशित भएका छन्। सिंहले यो कदमको मुख्य जिम्मेवारी कांग्रेसमा ठानेका छन् र पार्टीका कू–कृति बाहिरिने डरका कारण मिश्रालाई मन्त्री हुनबाट रोकिएको आरोप लगाएका छन्।

सिंहका अनुसार मिश्रामाथि बिचौलियाहरूले निराधार आरोप लगाइरहेका छन्। उनले बताए अनुसार वर्षौंदेखि रजगज गरिरहेका बिचौलियाहरूले पहिले उनलाई सचिव नियुक्ति हुनबाट रोक्न सफल भए र अहिले फेरि मन्त्री नियुक्ति हुनबाट पनि रोक्ने प्रयास गरेका छन्।

अमरेश सिंहले मिश्रालाई कुशल नेतृत्वकर्ता र योग्य व्यक्तित्व भएको भन्दै कांग्रेसका केही नेताहरूले आफ्नो कू–कृति बाहिर आउने डरका कारण उनको मन्त्री नियुक्ति रोक्न खोजेको दावी गरेका छन्। सिंहले भने, “उनको नियुक्तिले केही नेताहरूको गलत गतिविधि सार्वजनिक हुने डरले उनीहरू अतालिएका छन्।”

यो पनि पढ्नुहोस:
मन्त्री बन्ने सूचीबाट काटियो डा.संगिता मिश्राको नाम

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार