नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

२०८२ आश्विन ६, सोमबार १५:२६

सर्लाही – नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार चार नयाँ मन्त्रीलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन्।

शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरूले पदभार ग्रहण गरेका हुन्। नवनियुक्त मन्त्रीहरूमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पत्रकार जगदीश खरेलले पाएका छन्।

त्यस्तै, पूर्वन्यायाधीश अनिल कुमार सिन्हा उद्योग, कानुन तथा भूमि व्यवस्था मन्त्रालयमा नियुक्त भएका छन्। महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय र डा. मदन प्रसाद परियारलाई कृषि मन्त्रालयको जिम्मा दिइएको छ।

यस अघि नै रामेश्वर खनाललाई अर्थ मन्त्रालय, कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको जिम्मेवारी दिइसकिएको छ।

यससँगै मन्त्रिपरिषदमा हालसालै प्राविधिक विशेषज्ञदेखि पूर्वप्रशासक र न्यायक्षेत्रका व्यक्तिसम्मको प्रतिनिधित्व सुनिश्चित भएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार