मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक बिशाल बहादुर बुढाथोकी २०८२ साल भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन्। मानव संसाधन व्यवस्थापन शाखामा कार्यरत बुढाथोकीले पछिल्लो समय जिल्लाभर देखिएका विभिन्न चुनौतीपूर्ण अवस्थाहरूमा उल्लेखनीय नेतृत्व प्रदर्शन गर्दै जनमैत्री कामको उदाहरण प्रस्तुत गरेका छन्।
उनले विशेषगरी जेन-जी युवाहरूलाई समेटेर समाजमा शान्ति, सुरक्षा र सचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन्। विगत महिनाभर जिल्लामा देखिएका झगडा, कृष्णाष्टमी, जात्रा, चौठी, मोहम्मद डे लगायतका भीड व्यवस्थापनका क्रममा बुढाथोकीको नेतृत्वमा प्रहरीले प्रभावकारी रूपमा शान्तिपूर्ण व्यवस्था कायम गर्न सफल भएको छ।

त्यस्तै, उनी आन्तरिक प्रशासनिक कामकाजदेखि अपराध नियन्त्रण, कर्मचारी व्यवस्थापन, शान्ति सुरक्षा निगरानी तथा आपराधिक गतिविधि नियन्त्रणमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। जिल्ला प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बुढाथोकीको कार्यप्रति उच्च प्रशंसा गर्दै भने, “उनको योगदानले जिल्लामा शान्ति सुरक्षाको वातावरण मजबुत बनेको छ।”





