मलंगवा – सर्लाहीको गोडैतामा आफ्नै घरमा झुण्डिएको अवस्थामा एक किशोरी मृत फेला परेकी छन्। गोडैता नगरपालिका – १०, सिसौटियामा एक किशोरी आज (मंगलबार) मृत फेला परेकी हुन्।
स्थानीय फेकन साहकि १७ बर्षिया छोरी पुनिता साह आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। कोठामा रहेको पंखामा डोरीले घाँटीमा पासो लगाएको अवस्थामा उनि मृत फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार साँझ साँढे ५ बजे प्रहरीलाई जानकारी आएको र अहिले प्रहरीको टोलि घटनास्थलमा खटिएर मुचुल्का उठाएर शव परिक्षणका लागि जिल्ला सदरमुकाम मलंगवा ल्याउने तयारि भईरहेको छ।





