सर्लाही – नेकपा (माओवादी केन्द्र) ले आफ्नो सातौँ केन्द्रीय समिति बैठकमार्फत संगठनात्मक संरचनामा ठूलो निर्णय लिएको छ । दुई दिनदेखि राजधानीमा बसेको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्ताव स्वीकृत गर्दै विद्यमान केन्द्रीय समिति विघटन गरेको हो।
बैठकले मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ । महाधिवेशनसम्मको नेतृत्वका लागि प्रचण्डकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

यससँगै माओवादीले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि अन्तरिम सरकारलाई सहयोग गर्ने निर्णय पनि गरेको छ।





