सर्लाही – जाजरकोटमा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ।
जिल्लाको कुशे गाउँपालिका – ७, समाकोटका धनबहादुर सिंहकी १८ वर्षीया छोरी मीनाकुमारी र १५ वर्षीया गीताकुमारी शुक्रबार दिउँसो स्थानीय समाकोट खोलामा पौडी खेल्ने क्रममा बगेका हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार दुवै दिदीबहिनी करिब दुई सय मिटर तल मृतावस्थामा भेटिएका थिए।
उनीहरूको शव शुक्रबार साँझ घरमा ल्याइएपछि राखिएको छ। शनिबार पोस्टमार्टम प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ।





