तलब रोक्ने विद्यालयका प्रअलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

२०८२ आश्विन ११, शनिबार ०८:४६

सर्लाही – शिक्षामन्त्री महावीर पुनले तलब रोक्ने विद्यालय प्रमुख र व्यवस्थापन समितिमाथि कडा चेतावनी दिएका छन्। उनले मन्त्रालयबाट दशैंअघि नै शिक्षकहरूको तलब पठाइएमा कतिपय विद्यालयले जानाजान रोक्दै आएको भन्दै तत्काल निकासा गर्न निर्देशन दिएका हुन्।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै भनेका छन्, “भोलिसम्म कुनै शिक्षकले अन्यायपूर्वक तलब नपाए भने सम्बन्धित विद्यालयका प्रधानाध्यापक र समिति सदस्यलाई कानूनी कारबाही गरिनेछ।”

दसैं तिहारजस्तो महत्वपूर्ण चाडपर्वमा शिक्षकहरूलाई तलब नदिई मानसिक तनाव दिने कार्य अस्वीकार्य भएको मन्त्री पुनको भनाइ छ। उनले थप लेखेका छन्, “शिक्षकहरूले तलब नपाएको गुनासो धेरै आएको छ। मन्त्रालयले रकम विद्यालयमै पठाइसकेको छ। त्यसैले ढिलासुस्ती वा रोकावट गर्न पाउने अधिकार कसैलाई छैन।”

मन्त्री पुनले विद्यालय प्रमुखहरूलाई चेतावनी दिँदै भोलिसम्म शिक्षकको बाँकी तलब अनिवार्य रूपमा वितरण गर्न अल्टिमेटम दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार