
सर्लाही – दसैं बिदा सुरु भए पनि भुक्तानी प्रक्रिया नरोकिने भएको छ।
महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई परिपत्र गर्दै आवश्यक भुक्तानीका शीर्षकमा निकासा नियमित गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

कार्यालयले राहत, उद्धार, क्षतिपूर्ति लगायत आकस्मिक भुक्तानी आवश्यक पर्ने सम्भावना रहने भएकाले बिदाको समयमा पनि सम्बन्धित निकायबाट आदेश प्राप्त भएमा तत्काल निकासा गर्ने व्यवस्था गर्न सुझाएको छ ।
यसका लागि वैकल्पिक प्रणालीमार्फत बिदामा समेत सेवाग्राही प्रभावित नहुने गरी भुक्तानी निरन्तरता दिने तयारी गरिएको महालेखाले जनाएको छ ।