आरजु राणाका बाबुआमाको घरमा समेत सीआईबीको छापा

२०८२ आश्विन १३, सोमबार १४:५७

सर्लाही – क्कली शरणार्थी प्रकरणसँगै अन्य शंकास्पद डिलमा समेत संलग्नताको आशंकामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कांग्रेस नेतृ आरजु राणा देउवाको पारिवारिक आवासमा समेत छापा मारेको छ।

आइतबार साँझ आरजुका भाइ भूषण राणाको जावलाखेलस्थित घरमा छापा मारिएको केही बेरमै, उनका बाबुआमा बस्ने अर्को घरमा पनि सीआईबीको टोली पुगेको सीआईबी स्रोतले जानकारी दिएको छ।

दुवै आवासमा गरिएको खानतलासीबाट प्रहरीले के कस्तो सामग्री वा कागजात नियन्त्रणमा लिएको हो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।

सीआईबीले आरजु राणाले विभिन्न लेनदेन र सम्झौतामा आफ्ना भाइलाई मध्यस्थकर्ताको भूमिकामा अघि सार्दै आएको हुनसक्ने आशंका व्यक्त गर्दै अनुसन्धानलाई तीव्र पारेको छ।

यो पनि पढ्नुहोस:
आरजुका भाइ भूषणको घरमा सिआईबीको छापा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार