
सिरहा — सिरहामा लुकाएर राखिएको ठूलो परिमाणको अनुदानको मल फेरि बरामद भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार गोलबजार नगरपालिका–६ स्थित व्यवसायी जितन सहनीको घरबाट ४० बोरा डीएपी र युरिया मल नियन्त्रणमा लिएको हो ।
प्रशासनका अधिकृत सन्तोष रायका अनुसार नेपाल सरकारद्वारा उपलब्ध गराइने कृषि सामग्री कम्पनीको मल घरमै लुकाइराखिएको भन्ने गोप्य सूचनाको आधारमा छापा मारिएको थियो । बरामद मल इलाका प्रहरी कार्यालयको निगरानीमा घरमै सिल गरिएको छ । तर घरधनी सहनी भने हालसम्म सम्पर्कमा नआएकाले थप विवरण खुल्न सकेको छैन ।

यस अघि असोज ८ गते पनि सोही स्थानबाट १५४ बोरा अनुदानको मल बरामद भएको थियो । लगातार बरामद हुँदै आएका घटनाले अनुदानको मल आपूर्ति र वितरण प्रणालीमा गम्भीर प्रश्न उठाएको छ ।
यो पनि पढ्नुहोस:
– लुकाएर राखिएको १५४ बोरा अनुदानको मल बरामद