वीरगन्जमा ग्याङ फाइट: एक जनाको मृत्यु, तीन जना पक्राउ

२०८२ आश्विन १५, बुधबार ०८:५४

सर्लाही – पर्साको वीरगन्जमा आयोजना गरिएको दसैँ मेलामा मङ्गलबार राति दुई समूहबीच भएको झगडामा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयमा सुरु भएको विवाद पछि हिंसात्मक रूप लिएपछि २० वर्षीय ‘गोल्डेन’ भनिने एक युवकको मृत्यु भएको हो।

गीता मन्दिर नजिक मेलाको पहिलो दिनमै झगडा सुरु भएको हो। प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार राति विवाद बढ्दै जाँदा गोल्डेनमाथि भाटो प्रहार भएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइएकमा सोहि अस्पतालमा उनको मृत्यु भएको बताईएको छ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले अहिले नियन्त्रणमा लिएकाहरुको परिचय भने गोप्य राखेको छ। विवादको वास्तविक कारण प्रष्ट खुल्न बाँकी छ। पक्राउ परेकासँग सोधपुछ भइरहेको र थप विवरण संकलनका लागि सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार