दशैको टीका लगाउने र आशीर्वाद लिनेक्रम आजपनि जारी

२०८२ आश्विन १७, शुक्रबार ०८:४६

सर्लाही – आश्विन शुक्ल एकादशीका अवसरमा आज पनि दशैंको टीका लगाउने र मान्यजनबाट आशीर्वाद थाप्ने परम्परा निरन्तर चलिरहेको छ।

नवरात्रिका नौ दिन पूजा – आराधना सम्पन्न गरी विजयादशमीका दिन देवीको विसर्जनपछि सुरु भएको टीका – प्रसाद ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म कायम रहन्छ। पहिलो दिन आफ्ना मान्यजन भेट्न नपाएकाहरूले अझै पनि नजिकका आफन्त र अभिभावक कहाँ पुगेर टिका–प्रसाद ग्रहण गर्ने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीकै दिन मात्र दुर्गाको प्रसाद लिने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमासम्म अखिल बलिपूर्ति सम्पन्न नभएसम्म नवदुर्गाको प्रसाद ग्रहण गर्न सकिने उल्लेख छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार