महोत्तरी बस दुर्घटना: सर्लाहीका एक बालकको उपचारका क्रममा मृत्यु

२०८२ आश्विन १७, शुक्रबार ०९:१५

सर्लाही – महोत्तरीको खैरमरामा भएको बस दुर्घटनामा थप एक बालकको उपचारकै क्रममा मृत्यु भएको छ।

सर्लाहीको ईश्वरपुरका १२ वर्षीय प्रविण खड्काको बर्दिबासस्थित शुभस्वास्तिक अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ। खड्का दुर्घटनाग्रस्त ना ६ ख १४६४ नम्बरको बसमा सवार थिए।

सो दुर्घटनामा यसअ घि महोत्तरीकै स्थानीय ४० वर्षीय चुल्हाइ चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। चौधरी बिहान चिया पिएर बाटो हुँदै घर फर्किने क्रममा बसले बचाउन खोज्दा ठोक्किँदा निधन भएको प्रत्यक्षदर्शीले बताए। दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

घारीबथानबाट काठमाडौँतर्फ जाँदै गरेको बस खैरमारा स्कुल नजिकै अनियन्त्रित भई सडकपेटीको नरिवलको रुखमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

प्रहरी निरीक्षक लक्ष्मिराज जोशीका अनुसार बस चालकले पैदलयात्रीलाई बचाउन खोज्दा सवारी नियन्त्रण बाहिर गएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार