यस वर्षको मनसुन केही ढिला बाहिरिने

२०८२ आश्विन १७, शुक्रबार १०:४५
सांकेतिक तबिर

सर्लाही – यस वर्ष नेपालमा सामान्यतया भन्दा केही ढिलो गरी मनसुन बाहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि यसपटक मौसम प्रणालीको प्रभावले मनसुन अझै सक्रिय रहेको देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन प्रवेश गर्ने सरदर मिति जुन १३ भए तापनि यो वर्ष असामान्य रूपमा जेठ १५ गते नै नेपालमा प्रवेश गरेको थियो । तर बाहिरिने प्रक्रिया भने ढिला हुने देखिएको छ।

हाल मनसुनी वायु, स्थानीय मौसमी प्रणाली तथा बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको कारण देशका विभिन्न भागमा केही दिनसम्म भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । अर्यालका अनुसार शनिबार र आइतबार बढी पानी पर्ने अनुमान छ भने सोमबारबाट क्रमशः मौसममा सुधार हुने अपेक्षा गरिएको छ ।

त्यसपश्चात् पश्चिमी वायुको प्रभाव कस्तो रहने भन्ने कुराले मनसुन कहिले निष्कर्ष हुन्छ भन्ने निर्धारण गर्नेछ । यस वर्षको मनसुन जेठ १५ गते कोशी प्रदेश हुँदै नेपालमा प्रवेश गरेको थियो । जेठ २९ सम्म आइपुग्दा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागसम्म फैलिएको मनसुन असार ६ गते देशव्यापी रूपमा सक्रिय भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार