जनकपुरमा हिन्दु र मुस्लिम समुदयबीचको झडप, रुपैठामा निषेधाज्ञा

२०८२ आश्विन १७, शुक्रबार २२:२७

सर्लाही – धनुषाको रुपैठामा फेरि साम्प्रदायिक विवाद दोहोरिएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझदेखि निषेधाज्ञा लागू गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका – २०, रुपैठामा दुर्गा मूर्ति विसर्जनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएपछि अवस्था नियन्त्रणबाहिर जाने सम्भावना देखिँदा प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले साँझ ६:३० बजेदेखि लागू हुने गरी रुपैठा वरिपरिको क्षेत्रलाई निषेधाज्ञाको दायरामा राखिएको जानकारी दिए। प्रशासनले प्रकाशित गरेको विज्ञप्ति अनुसार सो क्षेत्रमा कुनै पनि सभा, जुलुस, प्रदर्शन, नाराबाजी, भेला वा सामूहिक कार्यक्रम आयोजना गर्न पाइने छैन।

निषेधाज्ञाको सीमा पूर्वतर्फ लोहना जाने बाटो, पश्चिमतर्फ बसहिया जाने बाटो, उत्तरतर्फ बाबा पेट्रोल पम्प (सिक्सलेन) र दक्षिणतर्फ गङ्गुली पुलसम्म निर्धारण गरिएको छ।

गत महिना पनि गणेश मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप भएको थियो। यसपटक दुर्गा पूजापछि पुनः मूर्ति विसर्जनमा अवरोध हुँदा झडप दोहोरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार