
मलंगवा – हावाहुरी तथा चट्याङका कारण सर्लाहीमा बिहानै देखि बिद्युत अवरुद्व भएको छ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाका अनुसार नवलपुर – मलंगवा ३३ केभी लाइनमा खराबी आएपछि वितरण केन्द्र मलंगवाबाट आपूर्ति हुने सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ।

जिल्लामा रहेका मलंगवा, बरहथवा र लालबन्दी वितरण केन्द्रमा हावाहुरी तथा चट्याङका कारण समस्या आएको र जिल्ला नै अन्धकार बन्न पुगेको छ। प्राधिकरणले मर्मतका लागि प्राविधिक टोली परिचालन गरिसकेको र मर्मत कार्य पूरा भएपछि लाइन पुनः सुचारु हुने जानकारी दिएको छ।