सर्लाहीको हर्दी खोला किनारमा अज्ञात महिलाको शव फेला

२०८२ आश्विन २०, सोमबार १४:५२
file image

मलंगवा – सर्लाहीमा एक महिलाको शव फेला परेको छ। सोमबार बिहान पर्सा गाउँपालिका – १ स्थित हर्दी खोलाको किनारमा स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका हुन्।

स्थानीयवासीका अनुसार करिब बिहान ६ः३० बजेतिर खोलाको किनारमा शव देखिएको थियो। जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

अन्दाजी ३० देखि ३५ वर्ष उमेरकी महिलाको शव भेटिएको थियो। हालसम्म उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि सदरमुकाम मलंगवा ल्याईएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार