२ सहायक हबलदारसहित १८ प्रहरी सम्पर्कविहीन

२०८२ आश्विन २२, बुधबार ०८:२३

सर्लाही – दुई जना प्रहरी सहायक हबलदारसहित १८ जना प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी गर्दै गैरहाजिर रहेका प्रहरीहरूलाई तोकिएको समयभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो। सूचनामा भनिएको छ, “एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने प्रक्रिया अघि बढाइनेछ।”

गैरहाजिर सूचीमा दुई प्रहरी सहायक हबलदार, दुई प्राविधिक प्रहरी जवान, एक प्रहरी कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान रहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार लामो समयदेखि सम्पर्कविहीन रहेका ती प्रहरीलाई पटक पटक सूचना जारी गरिए पनि कार्यालयमा उपस्थित नभएपछि अन्तिम चेतावनीका रूपमा यो सूचना सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार