सर्लाहीको सिमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको घटनास्थलमै मृत्यु

२०८२ आश्विन २२, बुधबार १७:२३

सर्लाही – सर्लाहीको सिमावर्ती क्षेत्र भारतको बिहार राज्यस्थित सोनवर्सा बजारमा भएको सडक दुर्घटनामा दुई नेपाली युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको मलंगवा नगरपालिका – १० का १९ वर्षीय अजय राउत र उनका आफन्त भारतको खुरसाहा बस्ने २० वर्षीय सचिन रावत रहेका छन्।

उनीहरू सवार म प्र ०२ – ००८ प ९९४२ नम्बरको मोटरसाइकल सोनवर्सा बजारतर्फ जाँदै गर्दा बिआर ०९ जीबी ६७१५ नम्बरको टिपरसँग ठोक्किँदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनापछि टिपर र चालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सोनवर्सा थानामा राखिएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार