हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् नेपालका विपिन

२०८२ आश्विन २४, शुक्रबार ०८:३१

सर्लाही – इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ ।

तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु छन् । अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न बिहीबार सहमत भएका थिए ।

त्यसको पहिलोचरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो । इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस्तो छ भन्ने अहिलेसम्म स्पष्ट छैन ।

यो पनि पढ्नुहोस:
गाजा शान्ति योजना अनुमोदन: हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने, विपिनको स्थिति के छ ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार