सर्लाहीका एक युवक ७ राउन्ड गोलीसहित भक्तपुरबाट पक्राउ

२०८२ आश्विन ३०, बिहीबार २०:०५
साङ्केतिक तस्बिर

सर्लाही – सर्लाहीका एक युवक ७ राउन्ड गोलीसहित भक्तपुरबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुका अनुसार पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका – ५ का ४० वर्षीय गोपाल विक रहेका छन्।

उनी हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका – १ , लोकन्थलीस्थित सकुम्बासी बस्तीमा बस्दै आएका थिए। विकको साथबाट बरामद गरिएका गोलीमा “५६ केएफ १३” लेखिएको प्रहरीले जनाएको छ।

ती गोलीहरू जेनजी आन्दोलनका क्रममा लुटिएका हुन् कि होइनन् भन्ने विषयमा हाल अनुसन्धान भइरहेको डीएसपी जवेगुले बताए। घटनाबारे थप तथ्य पत्ता लगाउन जिल्ला अदालत भक्तपुरबाट ४ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार